इराकी प्रधानमन्त्रीका उम्मेदवार मलिकी र वरिष्ठ अमेरिकी कूटनीतिज्ञबिच भेटवार्ता
सारांश
- नयाँ प्रधानमन्त्रीका उम्मेदवार मलिकी र अमेरिकी कूटनीतिज्ञ बाराकबीच भेटवार्ता भयो।
- बैठकमा मलिकीले इराकको सार्वभौमिकता र जनताको इच्छाको सम्मान गर्नुपर्नेमा जोड दिए।
- मलिकीले आफूले मनोनयन फिर्ता नलिने बताए।
काठमाडौँ । इराकको नयाँ प्रधानमन्त्रीका लागि प्रमुख उम्मेदवार नुरी अल–मलिकीले शुक्रबार अमेरिकी कूटनीतिज्ञ टम बाराकसँग भेट गरेका छन् ।
सिरियाका लागि अमेरिकी विशेष दूत तथा टर्कीएका लागि राजदूत बाराकले हालै इराकका वरिष्ठ अधिकारीसँग भेट्न कैयौँ पटक इराकको भ्रमण गरिसकेका छन् ।
मलिकीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीका उम्मेदवारले बैठकमा इराकको सार्वभौमिकता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्नेमा जोड दिएको थियो ।”
उनले इराकमा ‘लोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्ने र राजनीतिक स्थिरतालाई सुदृढ पार्ने’ महत्त्वको बारेमा पनि जोड दिए ।
बाराकले मलिकीलाई के सन्देश दिएका थियो भन्ने स्पष्ट छैन ।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको मामिलामा हस्तक्षेप गर्दै दुई पटकसम्म इरानसँग नजिकको सम्बन्ध रहेका मलिकीलाई इराकको भावी प्रधानमन्त्री नियुक्त गरिएमा अमेरिकाले अब इराकलाई सहयोग नगर्ने चेतावनी दिएका थिए ।
ट्रम्पको चेतावनीले विशेष गरी समन्वय ढाँचाभित्र इराकी नेताहरूलाई घाटामा पु¥ याए । इरानसँग विभिन्न स्तरको सम्बन्ध भएका शिया समूहहरूको सत्तारूढ गठबन्धनले मलिकीलाई मनोनित गरेको थियो ।
यसै हप्ताको सुरुमा मलिकीले एएफपीसँग आफूले मनोनयन फिर्ता नलिने बताएका थिए ।
“मेरो देश, यसको सार्वभौमिकता र यसको इच्छाको सम्मानबाट पछि हट्ने मेरो कुनै मनसाय छैन,“ मलिकीले एएफपीसँग दिएको अन्तर्वार्तामा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण