रुपन्देही–५ मा प्रलोपाका उम्मेदवार सुनिल चौधरी घरदैलोमा व्यस्त (तस्बिरहरू)
सारांश
- रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा सुनिल चौधरी चुनावी एजेन्डा र सङ्कल्प लिएर मतदाताको घरदैलोमा व्यस्त छन्।
- उनले शिक्षा र स्वास्थ्य सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय समस्याहरू सुनेका छन्।
- चौधरीले परनिर्भर अर्थतन्त्रलाई हटाएर स्थानीय उत्पादनमुखी अर्थतन्त्र बनाउने योजना प्रस्तुत गरे।
रुपन्देही । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही निर्वाचन क्षेत्र नं.५ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवार बनेका सुनिल चौधरी यतिबेला आफ्ना चुनावी एजेन्डा र सङ्कल्पसहित मतदाताको घरदैलोमा व्यस्त देखिएका छन् ।
_8fXXc0f7fV.jpg)
‘परिवर्तनका लागि प्रगतिशील सोंची, विकासका लागि सुनिल चौधरी रोजीं !ु भन्ने मूल नारा बोकेर चौधरी बिहानैदेखि राति अबेरसम्म यस क्षेत्रका गाउँ टोल र बस्तीहरूमा पुगिरहेका छन् । केही दिनअघि मात्रै ‘समृद्ध रुपन्देहीको साझा सङ्कल्प’ नामक कार्ययोजना पत्र सार्वजनिक गरेका उनी अहिले तिनै योजनाहरू मतदातालाई बुझाउन र नागरिकका वास्तविक गुनासा सुन्न जनताको आँगनमा पुगेका हुन्। विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रको दयनीय अवस्था सुधार गर्ने अठोट लिएका उनले घरदैलोका क्रममा मतदातालाई झुटा आश्वासन नबाँडी परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
_FbDxAbuxty.jpg)
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा जन्मिएर हुर्किएका चौधरीलाई आफ्नै घर आँगनमा पाउँदा स्थानीयवासीले खुलेर आफ्ना समस्याहरू सुनाउने गरेका छन् । घरदैलो अभियानका क्रममा उनले यस क्षेत्रका दलित, मुस्लिम, जनजाति, थारु, विपन्न तथा राज्यको मूल प्रवाहबाट किनारा लगाइएका सीमान्तकृत भुइँ मान्छेहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छन्।
_xHuc6hsraq.jpg)
परनिर्भर अर्थतन्त्रलाई विस्थापित गर्दै स्थानीय सीप, श्रम र स्रोतमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने आफ्नो योजना उनले मतदातामाझ प्रस्ट्याइरहेका छन्।
लामो समय सामाजिक अभियानमा सक्रिय रहेर वैचारिक स्पष्टतासहित राजनीतिमा होमिएका चौधरीले समाजमा रहेका कुरीति र अन्धविश्वास अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने उद्घोष गरेका छन्।
घरदैलो कार्यक्रममा उनले आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘खुलेको आँखा’ मा मत प्रदान गरी आफूलाई विजयी गराउन र रुपन्देही- ५ को मुहार फेर्ने अवसर दिन सम्पूर्ण मतदातासमक्ष अपिल गरिरहेका छन्।
_iViuaisCmT.jpg)
_7uVqskRjlM.jpg)
_6WnZazeo3W.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण