दीपिकाले गुमाइन् हलिउडको चर्चित सिरिज
सारांश
- दीपिका पादुकोणले ह्वाइट लोटसको चौथो सिजनमा काम गर्ने अवसर गुमाएकी छिन्, अडिसन दिन अस्वीकार गरेपछि कुरा अघि बढेन।
- यसअघि तेस्रो सिजनका लागि पनि सम्पर्क भएको थियो, तर गर्भवती भएका कारण उनले भूमिका स्वीकार गर्न सकेकी थिइनन्।
- अहिले उनी बलिउडका ठूला प्रोजेक्टहरूमा व्यस्त छिन्, जसमा शाहरुख खानसँगको फिल्म र अल्लू अर्जुनसँगको प्रोजेक्ट समावेश छन्।
मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडको चर्चित र प्रतिष्ठित सिरिज द ह्वाइट लोटसको चौथो सिजनमा काम गर्ने ठूलो मौका गुमाएकी छन्। सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूका अनुसार दीपिकाले यो सिरिजका लागि अडिसन दिन अस्वीकार गरेपछि निर्माण पक्षसँगको कुरा अगाडि बढ्न नसकेको हो।
स्रोतका अनुसार 'द ह्वाइट लोटस'का निर्माताहरूले यस एन्थोलोजी ड्रामा सिरिजका लागि दीपिकालाई अफर गर्न चाहेका थिए। तर हलिउडको कास्टिङ प्रक्रिया अनुसार हरेक कलाकारले अडिसन दिनु अनिवार्य हुन्छ।
भेराइटी इन्डियाको रिपोर्टका अनुसार शोका निर्माता माइक ह्वाइटले सिरिजका लागि छानिने हरेक कलाकारको अडिसन लिन चाहेका थिए, तर दीपिका यो प्रक्रियाका लागि तयार भइनन्। उनले अडिसन दिन नमानेकै कारण यो अन्तर्राष्ट्रिय अवसर उनको हातबाट फुत्किएको हो।
दीपिकालाई यो शोका लागि प्रस्ताव गरिएको यो पहिलो पटक भने होइन। यसअघि तेस्रो सिजनका लागि पनि निर्माताहरूले उनीसँग सम्पर्क गरेका थिए, तर त्यतिबेला उनी गर्भवती भएका कारण भूमिका स्वीकार गर्न सकेकी थिइनन्।
अहिले चौथो सिजनको तयारी भइरहँदा मेकरहरूले फेरि उनलाई सम्झिएका थिए, तर अडिसनको सर्तले गर्दा कुराकानी टुंगिन पुग्यो। सन् २०१७ मा रिलिज भएको ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केजपछि दीपिकाले हलिउडमा ठूलो काम नगरेकाले यो सिरिज उनका लागि महत्त्वपूर्ण मानिएको थियो।
द ह्वाइट लोटस एक अत्यन्त लोकप्रिय र समीक्षकहरूले रुचाएको अमेरिकी ब्ल्याक-कमेडी ड्रामा सिरिज हो। एमी अवार्ड्स विजेता यो शो हरेक सिजनमा नयाँ स्थान र नयाँ कलाकारहरूका साथ फरक कथाका लागि चिनिन्छ।
हलिउडको यो अवसर गुमाए पनि दीपिका अहिले बलिउडका ठूला प्रोजेक्टहरूमा व्यस्त छिन्। उनी छिट्टै शाहरुख खानसँग फिल्म किङमा देखिनेछिन् भने अल्लू अर्जुनसँगको एक ठूलो प्रोजेक्टमा पनि उनको सहभागिता रहेको छ, जसलाई दर्शकहरूले निकै उत्सुकताका साथ पर्खिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण