बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा कांग्रेसलाई सघाउने
शनिबार, १६ फागुन २०८२, १६ : ३१
१
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।
- प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई प्रत्यक्षतर्फ सघाउने निर्णय गरेको छ।
- समानुपातिकतर्फ भने प्रलोपाले आफ्नै चुनाव चिन्हमा मतदान गर्ने जनाएको छ।
पोखरा । डा.बाबुराम भट्टराई आबद्ध पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए । यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासँग चुनावी तालमेल गरी डा. भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।
‘थप औपचारिक निर्णय आउँदैन । अहिलेको अवस्थामा काँग्रेससँग नै हाम्रो विचार मिलेको हो । हामीले मौखिक रूपमा दुई पार्टी बसेर सहमति गरेका छौँ,’ खत्रीले भने, ‘अहिलेलाई काँग्रेससँग नै सहकार्य हुने भयो । हाम्रो कुरा यही हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण