बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषाका आधाभन्दा कम उम्मेदवारले मात्र बैंक खाता खोले

शनिबार, १६ फागुन २०८२, १९ : ३९
शनिबार, १६ फागुन २०८२

जनकपुरधाम । प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला धनुषा जिल्लामा उम्मेदवारहरूको निर्वाचन खर्च पारदर्शितामा ढिलाइ देखिएको छ । १५४ जना उम्मेदवारमध्ये हालसम्म ८८ जनाले मात्र निर्वाचन प्रयोजनका लागि अनिवार्य बैंक खाता खोलेका छन् । 

मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोगको निर्देशनबमोजिम प्रत्येक उम्मेदवारले निर्वाचनसम्बन्धी आम्दानी तथा खर्च बैंक खातामार्फत नै सञ्चालन गर्नुपर्ने व्यवस्था छ । आयोगले निर्धारण गरेको खर्च सीमाभित्र रही सबै विवरण अद्यावधिक राख्नुपर्ने उनले चार वटा निर्वाचन क्षेत्र रहेको धनुषामा ५४ जनाले उम्मेदवारी दिएका छन् ।

यसैबिच जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरले निर्वाचन आचारसंहिता विपरीत विभिन्न स्थानमा राखिएका करिब १ लाख ५० हजार प्रचार सामग्री नियन्त्रणमा लिइएको जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेल बताए निर्वाचनका सम्पूर्ण प्रशासनिक तथा सुरक्षा तयारी पूरा भइसकेका छन् । जिल्लाभर ६४५ मतदान केन्द्र र ३२ मतदानस्थल तोकिएका छन्, जसमध्ये १९४ स्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । 

निर्वाचनका लागि ३८७५ कर्मचारी परिचालन गरिएको छ भने ४ हजार ५०० निर्वाचन प्रहरी छनोट भइसकेका छन् । प्रशासनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या तथा भ्रामक सामग्री प्रसारण नगर्न सचेत गराउँदै प्रमाणसहित फेला परे कडा कारबाही गरिने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप