मध्यपूर्वमा रहेका नेपालीलाई सतर्क रहन बालेन शाहको आग्रह
काठमाडौँ । बालेन शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले त्यहाँको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।
उनले सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न तथा नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न आग्रह गरेका छन् ।त्यस्तै आधिकारिक सूचना तथा समाचार नियमित रूपमा अनुसरण गर्न र सम्बन्धित राजदूतावाससँग सम्पर्कमा रहन पनि उनले अनुरोध गरेका छन् ।
'सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,' भन्दै उनले सबै नेपालीलाई सचेत र संयमित रहन आह्वान गरेका छन् ।
इरान इजरायल युद्धका कारण अहिले मध्यपूर्वसँगै त्यससँग जोडिएका अन्य देशहरू पनि प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण