मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा
शनिबार, १६ फागुन २०८२, २१ : ४६
दुबई । इरानमा इजरायल र अमेरिकाले युद्ध छेडेपछि दुबईको प्रसिद्ध र विश्वकै अग्लो भवन बुर्ज खलिफा खाली गराइएको छ । त्यहाँ विस्फोटको आवाज सुनिएको थियो ।
यस हमलापछि दुबईका सबै विमानस्थलहरू बन्द गरिएका छन् । यहाँबाट आउने र जाने सबै उडानहरू अनिश्चितकालका लागि रद्द गरिएका छन् ।
इजरायलले इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा हमला गरेको छ । शनिबार दिनभर तेहरानसहित धेरै सहरहरूमा बिस्फोटको आवाज सुनिएको र हवाई हमलाका साइरनहरू बजिरहे । यसको जवाफमा इरानले पनि इजरायलमा जवाफी हमला सुरु गरेको छ ।
मिडिया रिपोर्टका अनुसार इरानले जवाफी कारबाही गर्दै करिब ४०० मिसाइल प्रहार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण