मध्यपूर्व तनाव: नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह
सारांश
- रास्वपाले मध्यपूर्वको सैन्य तनाव र इरान केन्द्रित अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ।
- पार्टीले संवेदनशील अवस्थामा नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- रास्वपाले दूतावासलाई सतर्क रहन, उद्धारको व्यवस्था गर्न र आपत्कालीन सम्पर्क संयन्त्र बनाउन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संवेदनशील परिस्थितिमा ठुलो सङ्ख्यामा कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै पार्टीले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनाल ले शनिबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्न, आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको व्यवस्था गर्न र आपत्कालीन सम्पर्क संयन्त्रलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
त्यसैगरी, विदेशी भूमिमा रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा तथ्यगत जानकारी सार्वजनिक गर्न पनि सरकारलाई अनुरोध गरिएको छ ।
रास्वपाले नेपाली नागरिकको सुरक्षा राज्यको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै कूटनीतिक पहल, समन्वय र पूर्व तयारीमार्फत कुनै पनि आकस्मिक परिस्थितिको सामना गर्न सरकार पूर्ण रूपमा तयार रहनुपर्ने उल्लेख गरेको छ ।
साथै, सरकारले चाल्ने सकारात्मक कदमहरूमा आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण