इरानको राजनीतिक यात्रा: पहलवी वंशको पतनदेखि खामेनीको उतारचढावसम्म
सारांश
- सन् १९७७ मा अमेरिकी राष्ट्रपतिले इरानलाई स्थिरताको टापु भनेका थिए, तर दुई वर्षभित्रै क्रान्ति भयो।
- मोहम्मद मोसादेकलाई हटाएर शाहको निरंकुश सत्ता पुन: स्थापना गरियो, जसले धार्मिक कट्टरपन्थीहरूलाई आकर्षित गर्यो।
- खामेनीको उदयपछि इरानमा राजतन्त्रको अन्त्य भयो र इस्लामिक गणतन्त्र स्थापना भयो, जसले अमेरिकासँग सम्बन्ध बिगार्यो।
तेहरान । सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरले इरानका शाह मोहम्मद रजा पहलवीको शासनलाई यस क्षेत्रको 'स्थायित्वको टापु' को संज्ञा दिएका थिए। तर, यो प्रशंसा धेरै समय टिक्न सकेन।
त्यसको दुई वर्षभित्रै इरानमा भएको इस्लामिक क्रान्तिले पहलवी वंशलाई फाल्यो र इरानको राजनीति बदलिन पुग्यो ।
इरानको आधुनिक इतिहासमा रजा शाह पहलवीको उदय सन् १९२५ मा भएको थियो। दोस्रो विश्वयुद्धका बेला उनी नाजी जर्मनीतिर झुकेपछि बेलायत र सोभियत संघले उनलाई सत्ताच्युत गरी उनका छोरा मोहम्मद रजा पहलवीलाई गद्दीमा बसालेका थिए।
रजा शाहले इरानलाई पश्चिमा मुलुकको स्तरमा पुऱ्याउने प्रयास गरे पनि उनलाई अमेरिकाको कठपुतली र एक क्रुर तानाशाहको रूपमा हेरिन्थ्यो।
सन् १९५० को दशकमा प्रधानमन्त्री मोहम्मद मोसादेकले इरानी तेलको राष्ट्रियकरण गरेपछि उनी निकै लोकप्रिय बने। तर, अमेरिकी गुप्तचर एजेन्सी सीआईए र बेलायती सक्रियतामा भएको 'कू' मार्फत मोसादेकलाई हटाइयो र शाहको निरंकुश सत्ता पुनः स्थापना गरियो।
शाहको शासनमा आर्थिक असमानता बढ्यो, जसले गर्दा जनतामा धार्मिक कट्टरपन्थीहरूप्रति आकर्षण बढ्दै गयो। सन् १९७८ सम्म आइपुग्दा शाहविरुद्धको प्रदर्शनले उग्र रूप लियो। अन्ततः सन् १९७९ जनवरी १६ मा शाहले इरान छाडेर भाग्नुपऱ्यो। लगत्तै, १६ वर्षदेखि निर्वासनमा रहेका धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खामेनी पेरिसबाट तेहरान फर्किए।
खामेनीको आगमनसँगै इरानमा राजतन्त्रको अन्त्य भयो भने इस्लामिक गणतन्त्र स्थापना गरियो। उनले अमेरिकालाई ठूलो सैतान र इजरायललाई अवैध कब्जा गर्ने देशको रुपमा घोषणा गरे। खामेनीको पालामा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरी अमेरिकी नागरिकहरूलाई ५२ दिनसम्म बन्धक बनाइएको थियो । जसले गर्दा अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा बिग्रियो।
खामेनीको उदय र वर्तमान चुनौती
सन् १९८९ मा खामेनीको मृत्युपछि अली खामेनी इरानको सर्वोच्च नेता बने। खामेनीले यसअघिकै कट्टरपन्थी नीतिहरूलाई निरन्तरता दिए पनि केही समयका लागि मोहम्मद खातमीजस्ता सुधारवादी राष्ट्रपतिहरूले पश्चिमा मुलुकसँग सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। तर, सन् २००५ पछि इरान पुनः कट्टरपन्थी धारमै फर्कियो।
खामेनीको शासनकालमा इरानले आफ्नो परमाणु कार्यक्रम र सैन्य शक्तिलाई निकै बलियो बनाएको छ। तर हालका दिनहरूमा इरानमा आर्थिक संकट र बेरोजगारीका कारण असन्तुष्टि बढिरहेको छ।
निर्वासनमा रहेका पूर्व शाहका छोरा रजा पहलवीले हालका दिनमा इरानमा प्रजातान्त्रिक आन्दोलनको आह्वान गरिरहेका छन्। उनले इरानको वर्तमान शासनलाई दुःस्वप्न भन्दै यसको अन्त्य हुनुपर्ने बताएका छन्। यद्यपि, अमेरिका र इजरायलसँगको उनको निकटताका कारण इरानभित्र उनलाई कत्तिको वैधता मिल्छ भन्नेमा राजनीतिक विश्लेषकहरूले प्रश्न उठाएका छन्।
पहलवी वंशको विलासी राजतन्त्रदेखिखामेनीको धार्मिक सत्तासम्मको इरानको यात्राका बिचमा अहिले इरानमा अमेरिका र इजरायलको हमला भएको स्थितिमा विश्वको ध्यान यसतर्फ गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण