मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

इरानमाथि आक्रमण गरेपछि कूटनीति झन् सजिलो भयाे: ट्रम्प

आइतबार, १७ फागुन २०८२, १० : ४०
आइतबार, १७ फागुन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य आक्रमणपछि कूटनीतिक समाधानमा पुग्न सजिलो भएको बताए।
  • विश्लेषकहरूले अमेरिकाको कदमले कूटनीतिक विश्वसनीयता कमजोर बनाएको टिप्पणी गरेका छन्।
  • ट्रम्पले इरानको जवाफी कारबाही कमजोर रहेको र दबाबमा परेको बताए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणपछि कूटनीतिक समाधानमा पुग्न अब झन् सजिलो भएको दाबी गरेका छन् । इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता चलिरहेकै बेला अमेरिकाले दुई पटक आक्रमण गरेको भन्दै धेरै विश्लेषकहरूले यस कदमले वासिङ्टनको कूटनीतिक विश्वसनीयता कमजोर बनाएको टिप्पणी गरेका छन् । 

तर सीबीएस न्यूजसँग कुरा गर्दै ट्रम्पले अमेरिका अहिले इरानसँग कूटनीतिक सहमतिमा पुग्न पहिलेभन्दा राम्रो अवस्थामा रहेको बताए ।

 ‘स्पष्ट रूपमा हिजोभन्दा अहिले धेरै सजिलो भएको छ,’ उनले भने, ‘किनभने उनीहरू नराम्ररी दबाबमा छन् ।’ ट्रम्पले इरानको जवाफी कारबाही—इजरायल र क्षेत्रभरिका अमेरिकी सैन्य अड्डामाथिका आक्रमण—अपेक्षाभन्दा कमजोर रहेको पनि दाबी गरे । ‘हामीले सोचेकोभन्दा कम भयो,’ उनले भने, ‘हामीले त यो झन् दोब्बर हुने अनुमान गरेका थियौँ ।’ 

क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको र आगामी कूटनीतिक प्रयासहरू कसरी अघि बढ्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो भने बढेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप