‘हाम्रो पे’द्वारा व्यवसायीका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक, ६ महिनासम्म कारोबारमा शुल्क नलाग्ने
सारांश
- हाम्रो पात्रोको डिजिटल वालेट 'हाम्रो पे' ले व्यवसायीहरूका लागि डिजिटल भुक्तानी समाधान सार्वजनिक गरेको छ।
- 'हाम्रो पे' ले 'नेपाल पे क्यूआर' सँगको सहकार्यमा इन्टर-अपरेबल क्यूआर सेवा सुरु गरेको छ, जसले ग्राहकहरूलाई सहज भुक्तानीको सुविधा दिन्छ।
- नयाँ सुविधाले व्यवसायीहरूलाई कुनै शुल्क बिना डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन र कारोबार गर्न सक्षम बनाउनेछ।
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त र विस्तार गर्ने उद्देश्यसहित हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ले व्यवसायहरूलाई लक्षित गर्दै डिजिटल भुक्तानी समाधान सार्वजनिक गरेको छ।
यस नयाँ सुविधाअन्तर्गत ‘हाम्रो पे’ले ‘नेपाल पे क्यूआर’सँगको सहकार्यमा इन्टर-अपरेबल क्यूआर सेवा सुरु गरेको छ। यससँगै अब व्यापारीहरूले जुनसुकै मोबाइल बैंकिङ एप वा अन्य डिजिटल वालेटमार्फत पनि आफ्ना ग्राहकबाट सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन्।
यो सुविधाले व्यवसायीहरूलाई कुनै एउटा मात्र वालेटमा सीमित नराखी देशभरका ग्राहकसँग निर्वाध रूपमा कारोबार गर्ने स्वतन्त्रता प्रदान गरेको छ।
व्यवसायहरूलाई अनलाइन भुक्तानी प्रणालीमा सहजै आबद्ध गराउन ‘हाम्रो पे’ले विशेष आकर्षक अफरसमेत ल्याएको छ। कम्पनीका अनुसार यस अफरअन्तर्गत आबद्ध हुने व्यवसायीले ‘हाम्रो पे’को अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्दा कुनै पनि प्रकारको इन्टिग्रेशन शुल्क वा वार्षिक शुल्क तिर्नुपर्ने छैन। त्यसैगरी, व्यवसायीलाई थप राहत दिन सुरुवाती ६ महिनासम्मका लागि कुनै पनि कारोबार शुल्क समेत नलाग्ने व्यवस्था कम्पनीले गरेको छ।
क्यूआर भुक्तानीका साथै ‘हाम्रो पे’ले अनलाइन व्यापार गर्नेहरूका लागि आफ्नो ‘पेमेन्ट गेटवे’ सेवालाई थप सरल र छिटो बनाएको छ। अब व्यवसायीहरूले झन्झटरहित रूपमा दर्ता (अनबोर्डिङ) प्रक्रिया पूरा गरी तत्कालै अनलाइन भुक्तानी लिन सुरु गर्न सक्नेछन्।
यस नयाँ सुरुवातका विषयमा बोल्दै कम्पनीकी फिनटेक डाइरेक्टर सुदिना गौतमले भनिन्, "यो पहलले नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अघि बढाउन महत्त्वपूर्ण मद्दत गर्नेछ। साथै, यसले व्यवसायहरूलाई आधुनिक डिजिटल बजारमा सहज रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने हाम्रो विश्वास छ।"
पछिल्लो समय नेपालमा डिजिटल कारोबारको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा ‘हाम्रो पे’ले ल्याएको यो व्यवसायी-मैत्री सुविधाले डिजिटल रूपान्तरणको यात्रालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण