कराचीँस्थित अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ६ जनाको मृत्यु
आइतबार, १७ फागुन २०८२, १३ : ५५
सारांश
- कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास नजिक भएको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
- प्रदर्शनकारीहरूले अमेरिकी कूटनीतिक नियोगतर्फ बढ्ने प्रयास गरेपछि झडप भएको थियो।
- प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा झडप भएको र सुरक्षा व्यवस्था कडा पारिएको छ।
इस्लामवाद । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट (वाणिज्य दूतावास) नजिक भड्किएको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । झडपमा केही घाइते भएका छन् । पाकिस्तानी उद्धार संस्था एदी फाउन्डेसनका अनुसार प्रदर्शन उग्र बनेपछि हिंसात्मक अवस्था सिर्जना भएको थियो ।
यसअघि प्रदर्शनकारीहरूले कराँचीस्थित अमेरिकी कूटनीतिक नियोगतर्फ अघि बढ्ने प्रयास गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दा झडप भएको र धेरै व्यक्ति घाइते भएको बताइएको छ ।
घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ र अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य कमाण्डरहरूको हत्याकाे विराेधमा प्रदर्शन भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण