नेकपा बहुमतका काठमाडौँ इन्चार्ज पक्राउ
आइतबार, १७ फागुन २०८२, १६ : ५२
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ इन्चार्ज तपेन्द्र तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ।
- उनलाई चुनाव विरोधी गतिविधि र सामाजिक सञ्जालमा बम विस्फोटको अभिव्यक्ति दिएको आरोप लागेको छ।
- प्रहरीले तिमिल्सेनालाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ, र अवैध चन्दा सङ्कलनको आरोप पनि छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का काठमाडौँ जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा ३९ वर्षीय तपेन्द्र तिमिल्सेना ‘सङ्घर्ष’ लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–१ घर भएका तिमिल्सेनाले सामाजिक सञ्जाल मार्फत सुनसरी र काठमाडौँमा बम विस्फोट गराउने अभिव्यक्ति दिएका थिए । उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
उनले अवैध तरिकाले चन्दा सङ्कलन गरेको रसिद भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण