युएई आक्रमणमा नेपाली श्रमिकको मृत्यु, गगन थापाद्वारा कूटनीतिक पहल तीव्र बनाउन सरकारलाई आग्रह
सारांश
- कांग्रेस सभापति गगन थापाले युएईमा एक नेपाली श्रमिकको निधनप्रति दुःख व्यक्त गरे।
- थापाले युएईमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरे।
- उनले सरकारलाई कूटनीतिक पहल तीव्र पार्न र विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
जारी विज्ञप्तिमा थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्। द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरेका छन्।
त्यस्तै, काग्रेस सभापति थापाले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन्। विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न उनले सरकारसँग माग गरेका छन्।
यसका साथै, जनसम्पर्क समितिका साथीहरू, गैर आवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीहरूको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।
उक्त घटनाले युएईस्थित नेपाली समुदायमा चिन्ता थपिएको छ भने सरोकारवालाहरूले नेपाली नागरिकको सुरक्षाका विषयमा चासो बढाएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण