इजरायली सेनाद्वारा लेबनानभर हिजबुल्लाहका ठेगानामा हमला
सारांश
- इजरायली सेनाले लेबनानमा हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण गरेको छ।
- बेरुत र दक्षिण लेबनानमा विष्फोट र धुवाँको मुस्लो देखिएको छ, प्रत्यक्षदर्शीहरूले बताए।
- अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र खाडी राष्ट्रहरूको निन्दापछि इजरायलले आक्रमण गरेको हो।
काठमाडौँ । इजरायली सेनाले सोमबार लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। इजरायली सेनाले सोमबार बिहानैदेखि लेबनानका विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका सैन्य संरचनाहरूलाई निशाना बनाउन थालेको पुष्टि गरेको छ। जुन क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ ।
बेरुत र दक्षिण लेबनानका विभिन्न भागमा धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि कठोर प्रहार गर्ने चेतावनी दिएको र खाडी राष्ट्रहरूले समेत इरानी आक्रमणको निन्दा गरेको पृष्ठभूमिमा इजरायलले हिजबुल्लाहमाथि यो आक्रमण सुरु गरेको समाचारमा उल्लेख छ। आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण