‘कल्कि २’को छायाङ्कन सक्काए अमिताभ बच्चनले
सारांश
- अमिताभ बच्चनले फिल्म 'कल्कि २' को छायाङ्कन सकाएका छन् र मुम्बई फर्केका छन्।
- उनले सामाजिक सञ्जालमा घरप्रतिको स्नेह व्यक्त गर्दै पोस्ट लेखेका छन्।
- बच्चनले आफ्नो निवास 'जलसा' बाहिर प्रशंसकहरूसँग भेट्ने परम्परालाई निरन्तरता दिने बुझिएको छ।
मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले फिल्म ‘कल्कि २’ (कल्कि २८९८ एडीको सिक्वेल)को आफ्नो भागको छायाङ्कन सकाएका छन् । उनी फिल्मको छायाङ्कन सकाएर मुम्बई फर्किएका छन् । यद्यपि, फिल्म निर्माण पक्षले यस बिषयमा आधिकारीक जानकारी दिएको छैन ।
यसैबिच अमिताभले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दे घरप्रतिको स्नेह व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘घर आखिर घर नै हो । यो भावनाले भरिएको हुन्छ । घर केवल पर्खाल र छतको ढाँचा मात्र होइन, यो आराम, आत्मीयता र सुरक्षाको ठाउँ हो ।’ उनले ब्लगमा आफू ‘कल्कि २’ को सुटिङका लागि हैदराबादमा रहेको र अब फेरि आफ्ना शुभचिन्तकहरूलाई भेट्न पाउने उल्लेख गरेका छन् । उनको पोष्टले पनि उनी घर फर्किएको अनुमान गर्न सकिन्छ ।
बच्चनको हरेक आइतबार आफ्नो निवास ‘जलसा’ बाहिर फ्यानहरूलाई भेट्ने परम्परा छ। तर, गत आइतबार सुटिङ र यात्राका कारण उनले फ्यानहरूसँग भेट गर्न पाएका थिएनन् । अब मुम्बई फर्किएपछि उनले यो परम्परालाई निरन्तरता दिने बुझिएको छ ।
‘कल्कि २८९८ एडी’को पहिलो भागमा बच्चनले अश्वत्थामाको रहस्यमयी र शक्तिशाली भूमिका निभाएका थिए । उनको त्यो अभिनय दर्शक र समीक्षकले रुचाएका थिए । फिल्ममा बच्चनका अलवा प्रभास, दीपिका पादुकोण, कमल हासन र दिशा पाटनीको मुख्य भूमिकामा देखिनेछन् । सिक्वेलमा पनि बच्चनको भूमिका कथाको केन्द्रमा रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण