सर्वोच्चले होली र चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने
सारांश
- सर्वोच्च अदालतले चुनाव र होली बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्नेछ।
- बन्दी प्रत्यक्षीकरण रिटका लागि तीन न्यायाधीश तोकिएका छन्, फागुन २०, २२ र २४ गते सुनुवाइ हुनेछ।
- बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइका लागि अदालत खुला रहनेछ।
काठमाडौँ । सर्वोच्च अदालतले चुनाव र होलीको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकिएको छ ।
सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि तीन जना न्यायाधीशलाई तोकिएको छ । फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा पौडेल र फागुन २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज पोखरेलले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइका लागि अदालत खुला राखिनेछ ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसारअदालतमा लगातार तीन दिनभन्दा बढी सार्वजनिक बिदा परेमा पनि बन्दीप्रत्यक्षीकरणको रिट सुन्न सर्वोच्च अदालत खुला रहन्छ । यस्तो अवस्थामा सुनुवाइ गर्न पूर्ण इजलासबाट विशेष न्यायाधीशहरू तोकिने व्यवस्था छ । जसले गैरकानुनी थुना वा थुनाको कारण जाँच गरी मुद्दा हेर्ने गर्दछ ।
चुनावको समयमा गैरकानुनी पक्राउ र थुनामा राखेको दाबीसहित कुनै पनि व्यक्तिले रिहाइका लागि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण