सुर्खेतमा निर्वाचन सुरक्षा कडा : २५ सय बढी नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन
सारांश
- सुर्खेतमा फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।
- निर्वाचनलाई लक्षित गरी मोबाइल गाडी, रिजर्भ सेक्टर विभाजन, र सामाजिक सञ्जालको निगरानी थालिएको छ।
- सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिएको छ।
सुर्खेत । सुर्खेतमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन लक्षित सुरक्षा कडा पारिएको छ ।मोबाइल गाडी, रजर्भ सेक्टर विभाजनदेखि सामाजिक सञ्जालसम्मलाई निगरानी गर्नेसम्मका सुरक्षा योजनाहरु लागु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १४० वटा मतदान केन्द्र तथा मतदान स्थलहरू रहेका छन् । ती स्थानहरुमा निर्वाचन प्रहरी र नेपाल प्रहरीको सम्पूर्ण टिम कमाण्डरहरू खटिसकेको अवस्था छ ।
नेपाली सेना र सशस्त्र प्रहरी पनि खटिसकेका छन् । ९३५ भन्दा बढी नेपाल प्रहरी र १ हजार ६२८ जना निर्वाचन प्रहरी खटिएको उनले बताए ।
‘हामीले प्रत्येक पालिकामा सिनियर प्रहरी अधिकृत, प्रहरी निरीक्षकको कमाण्डमा दुई वटा मोबाइल गाडीहरू र रिजर्भ सेक्टर विभाजन गरिएको अवस्था छ,’ उनले भने, ‘अहिले परिचालन भएर आफ्नो वडा एरियाको सूचना संकलनका कामहरु भइरहेका छन् ।’’
साथै सुर्खेत प्रहरीले सामाजिक सञ्जाललाई समेत निगरानीमा राखेको छ ।
‘निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउनका पछिल्लो समय समसामयिक थ्रेट भनेको यो साइबर खतरा हो,’ डीएसपी बुढ्थापा भन्छन् । त्यसैले, सोसियल मिडियामा अनावश्यक पोस्ट गर्ने, अनावश्यक कमेन्ट गर्ने, निर्वाचन विरोधी गतिविधि गर्ने व्यक्तिहरूको पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा निर्वाचन सेल गठन भई काम भइरहेको उनले बताए ।
सेलमा कतिपय उजुरीहरू आइसकेका छन् । तिनको फछ्र्यौट हुने र त्यसलाई अनुसन्धानको दायरामा ल्याउने काम भएको छ । साथै, विशेषगरी निर्वाचन विरोध गर्छौँ भनेर खुलेका पार्टीहरूका केही व्यक्तिहरूलाई यसअघि नियन्त्रणमा लिइसकेको पनि प्रहरीले जनाएको छ ।
‘नेकपा बहुमत लगायतका केही पार्टीका ८ जना मान्छेहरूलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षा कसुरमा त्यो मुद्दा चलिरहेको छ,’ डीएसपी बुढ्थापाले भने ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका चारवटै सुरक्षा निकायले समन्वयमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल, तेस्रो घेरामा नेपाली सेना र समग्र सूचना संकलन राष्ट्रिय अनुसन्धान विभागले गरेर सुरक्षा व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।
प्रदेशको राजधानी समेत रहेकाले वीरेन्द्रनगरको सुरक्षा योजनामा थप संवेदनशील तरिकाले बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण