छुट्टाछुट्टै दुर्घटनामा निर्वाचन प्रहरीसहित २ जनाको मृत्यु
मकवानपुर । हेटौँडामा भएका दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटर चालक र अर्का एक जना निर्वाचन (म्यादी) प्रहरी रहेका छन् ।
सोमबार दिउँसो हेटौँडा–१०, भुटनदेवी मोडस्थित बाइपास सडक खण्डमा ’हात्ती गाडी’ (सानो प्रकृतिको मालबहाक गाडी) को ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–५, शान्तिनगर बस्ने १८ वर्षीय क्षितिज रायमाझी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो ३ः४० बजे बसपार्कतर्फबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्ती गाडीले ठक्कर दिएको थियो ।
ठक्कर दिएर गाडीसहित चालक फरार भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका रायमाझीको हेटौँडा अस्पतालमा उपचारको क्रममा अपराह्न ४ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार हेटौँडा–७ का १९ वर्षीय संगम झा घाइते भएका छन् । उनको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने गाडी र चालक बारा अमलेखगञ्जका २० वर्षीय शेरचन बलाईलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, हेटौँडा–८ कर्रा पुल नजिकै योद्धा पिकअप गाडीको ठक्करबाट घाइते भएका एक म्यादी प्रहरीको पनि उपचारको क्रममा सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का २४ वर्षीय पवन साह रहेका छन् । उनी इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरी (म्यादी) थिए ।
गएको बिहीबार बिहान २ः४५ बजे पूर्व–पश्चिम राजमार्गमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको योद्धा पिकअपले साहलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते साहको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेकोमा सोमबार उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न पिकअप गाडी र चालक रौतहट चन्द्रपुरका २५ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण