आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने सोविताको टिप्पणीप्रति आपत्ति
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद् सचिवालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ सोविता गौतमको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार अध्यक्ष सागर कुमालले प्रेस विज्ञप्ति जारी गर्दै चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा उम्मेदवार समेत रहेकी गौतमको अपमानजनक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
गौतमले हालै एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा चितवनका आदिवासी जनजाति (विशेष गरी गुरुङ र थारु समुदाय) प्रति लक्षित गरी दिएको अत्यन्तै गैरजिम्मेवार भ्रामक र अपमानजनक अभिव्यक्तितर्फ नेपाल आदिवासी जनजाति महासङ्घ, चितवनको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष कुमालले बताए ।
‘आफ्नो सम्बोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने’ वर्ग भनी जुन निकृष्ट टिप्पणी गर्नुभएको छ, त्यसले वर्षाैदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि सङ्घर्षरत आदिवासी जनजाति समुदायको मानमर्दन मात्र गरेको छैन, हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत गम्भीर प्रहार गरेको छ,’अध्यक्ष कुमालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।
गुरुङ र थारु लगायतका समुदायलाई ‘सोझो’ र ‘पैसामा बिक्ने’ भनी वर्गीकृत गर्नुले उम्मेदवारको सङ्कीर्ण र नश्लवादी सोचलाई उजागर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
आदिवासी जनजाति कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
मतदातालाई 'पैसा दिए लिनु' भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु सरासर निर्वाचन आचारसंहिताको उल्लङ्घन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएकोले गौतमले आफ्नो सो अभिव्यक्तिप्रति चितवनका सम्पूर्ण आदिवासी जनजाति समुदायसँग २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण पेस गर्न महासङ्घ जोडदार माग गरेको छ ।
‘यदि उम्मेदवार र सम्बन्धित दलले आफ्नो गल्ती स्वीकार नगरी आदिवासी जनजातिको स्वाभिमानमा ठेस पुर्याउने कार्य जारी राखेमा नेपाल आदिवासी जनजाति महासङ्घ चितवन क्षेत्र नम्बर ३ का सम्पूर्ण संयन्त्रहरू परिचालन गरी उक्त उम्मेदवारलाई चुनावी बहिष्कार गर्ने र सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिन चाहन्छ,विज्ञप्तिमा भनिएको छ,’ यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं उम्मेदवार र उहाँको दल हुनुपर्नेछ । हाम्रो स्वाभिमान हाम्रो पहिचान हो, यसमा खेलबाड गर्ने छुट कसैलाई छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण