‘हामी तीन भाइ’मा गाउँले तीन भाइको कथा
काठमाडौँ । फागु पूर्णिमाको अवसर पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ ।
टिजरले मिलेर बसेका दाजुभाइ विवाहपछिको सम्बन्ध खटपट र सङ्घर्षलाई प्रस्तुत गर्छ । नेपाली समाजमा भएको कथालाई निर्देशक मधुसूदन भट्टराईले टपक्कै टिपेका छन् । जहाँ सार्वजनिक भएको टिजरले दर्शकमाझ कौतुहलता जगाउँछ ।
टिजरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा लगायतलाई देख्न सकिन्छ । हेर्दा कमेडी,मार्मिक कथामा फिल्म बनेको अनुमान लगाउन सकिन्छ। उनीहरूको अभिनय लोभ लाग्दो छ ।
भट्टराई निर्देशित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी(भोले),गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय छ ।
फिल्म प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् ।
कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् भने सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवं अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहको छ । फिल्म आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण