निर्वाचन विरोधी गतिविधि गर्ने ७६ जना प्रहरीको हिरासतमा
सारांश
- प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ।
- प्रहरीले दुर्गा प्रसाईं सहित विभिन्न समूहलाई निर्वाचन बिथोल्न सक्रिय रहेको आरोप लगाएको छ र ७६ जना पक्राउ परेका छन्।
- पक्राउ परेकामध्ये ६६ जना अदालतको आदेशले छुटेका छन् भने निर्वाचन सुरक्षाको लागि विशेष महाशाखा गठन गरिएको छ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ । कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं सहित निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले रातोपाटीलाई बताए ।
प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि १४२ जना पक्राउ परे पनि अदालतको आदेशले ६६ जना छुटेका छन् । फागुन १८ मा मात्र ९ जनालाई पक्राउ गरिएको डीआईजी काफ्लेले बताए ।
प्रसाईं समूह, धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलनमा सक्रिय समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रहरीको विश्लेषण छ । बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेर रिहा भैसकेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ । सुरक्षाको दृष्टिकोणले मतदान स्थललाई ३ भागमा वर्गीकरण गरिएको छ । सुरक्षा चुनौती नभएको ठाउँको मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण