बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा एक व्यक्ति पक्राउ

मङ्गलबार, १९ फागुन २०८२, १७ : ००
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • बर्दिया प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा मधुवन नगरपालिका ६ का केशरसिंह विक रहेका छन्।
  • प्रहरीका अनुसार उनले सडकमा शंकास्पद वस्तु राखेर बाटो अवरोध गरेका थिए।

बर्दिया । बर्दियामा प्रहरीले निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मधुवन नगरपालिका  ६ का केशरसिंह विक रहेका छन् ।

उनले गुलरिया नगरपालिका– १ खैरापुरस्थित सडकमा शंकास्पद वस्तु राखेर बाटो अवरोध गरी निर्वाचन विरोधी क्रियापकलाप गरेको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेका विकमाथि थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप