लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी
मङ्गलबार, १९ फागुन २०८२, १७ : ३३
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ ।
इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ । संयुक्त राष्ट्रसंघको एजेन्सीका अनुसार स्थिति बिग्रिएपछि ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यसका साथै इजरायलले लगातार दोस्रो दिन लेबनानको उग्रवादी संगठन हिजबुल्लाहलाई निशाना बनाउँदै धेरै ठाउँमा बमबारी गरेको छ । सोमबार भएका हमलाहरूमा ५० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।
हिजबुल्लाहलाई इरान समर्थक मानिन्छ । हिजबुल्लाहले हालै इजरायलको हाइफा सहर नजिकैको एक सैन्य अखडामा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण