बार्सिलोनाको पुनरागमन प्रयास असफल, एथ्लेटिको म्याड्रिड कोपा डेल रेको फाइनलमा
सारांश
- बार्सिलोना कोपा डेल रेको सेमिफाइनलबाट बाहिरियो, समग्रमा एथ्लेटिको म्याड्रिडसँग ४-३ ले पराजित भयो।
- पहिलो लेगमा ४-० ले हारेको बार्सिलोनाले दोस्रो लेगमा राम्रो खेल खेल्यो, तर जित्न सकेन।
- मार्क बर्नालले २ गोल गरे, तर एथ्लेटिको म्याड्रिड समग्रमा विजयी भयो र फाइनलमा प्रवेश गर्यो।
क्याम्प नाउ । स्पेनिस कोपा डेल रेको साविक विजेता बार्सिलोनाले दोस्रो लेगमा सानदार प्रदर्शन गरे पनि एथ्लेटिको म्याड्रिडविरुद्ध समग्रमा ४-३ को नतिजा सुम्पिँदै सेमिफाइनलबाट बाहिरिएको छ।
पहिलो लेगमा बेहोरेको ४-० को लज्जास्पद हारका कारण घरेलु मैदान स्पोटिफाई क्याम्प नाउमा बार्सिलोनासामु असम्भव जस्तो देखिने चुनौती थियो। तर, हान्सी फ्लिकको टोलीले अन्तिम समयसम्म जुझारु खेल प्रदर्शन गर्दै उपाधि रक्षाको अभियानलाई जीवित राख्ने भरपूर प्रयास गर्यो।
खेलको सुरुदेखि नै एथ्लेटिकोलाई दबाबमा राखेको बार्सिलोनाका लागि २९औँ मिनेटमा युवा स्टार लामिन यामलको पासमा १८ वर्षीय मार्क बर्नालले गोल गर्दै आशा जगाएका थिए। पहिलो हाफको इन्जुरी समयमा राफिन्हाले पेनाल्टीमार्फत दोस्रो गोल गरेपछि घरेलु समर्थकहरूमाझ पुनरागमनको विश्वास झन् बलियो बन्यो।
दोस्रो हाफमा पनि आक्रामक लय जारी राखेको बार्सिलोनाका लागि ७२औँ मिनेटमा बर्नालले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याए। पछिल्ला चार खेलमा बर्नालको यो चौथो गोल थियो।
अन्तिम १० मिनेटमा बार्सिलोनाले चौथो गोलका लागि निकै मिहिनेत गरे पनि सफल हुन सकेन। जोआओ कान्सेलो र मार्क मार्कस रासफोर्ड जस्ता खेलाडीलाई मैदान प्रवेश गराएर दबाब बढाए पनि एथ्लेटिकोको रक्षापंक्तिले बाँकी समय संयमित खेल देखाउँदै थप क्षति हुन दिएन। जेरार्ड मार्टिनको प्रहार पोस्टको थोरै माथिबाट बाहिरिँदा बार्सिलोना इतिहास रच्नबाट चुक्यो।
डिएगो सिमियोनीको एथ्लेटिको म्याड्रिडले समग्र नतिजामा १ गोलको अग्रता जोगाउँदै फाइनलको यात्रा तय गरेको छ। अब एथ्लेटिकोले उपाधिका लागि रियल सोसिडाड र एथ्लेटिक क्लबबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
३२ पटकको कीर्तिमानी विजेता बार्सिलोनाका लागि भने यो हार निकै पीडादायी बन्यो, किनभने निकै नजिक पुगेर पनि उनीहरूले फाइनलको ढोका खोल्न सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण