बमसहित नेकपा उम्मेदवार चौधरी पक्राउ, विस्फोटक पदार्थ सम्बन्धी कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी बम सहित पक्राउ परेका छन्।
- पर्सागढी नगरपालिकामा चौधरी सवार गाडीमा बम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले चौधरीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
वीरगन्ज । बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको हो । आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख पाठकले उम्मेदवार चौधरी राति हिँडेको गाडीमा होक्सी बम भेटिएको बताए ।
चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ, उनले भने । चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ । उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ ।
चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण