९ थान सुतली बमसहित पर्साबाट ३ जना पक्राउ
सारांश
- पर्सामा सुतली बम सहित ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अविजित यादव रहेका छन्।
- उनीहरू निर्वाचनमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले अवाञ्छित गतिविधि गर्न खोजेका थिए।
वीरगन्ज । पर्सामा सुतली बमसहित ३ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१६ बाट सुतली बमसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विशेष सर्च अप्रेसनका क्रममा ९ थान सुतली बमसहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनका अनुसार बुधवार बिहान करिब २ बजे सर्च अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज–१६ निवासी कृष्ण यादव, सोही ठाउँकै रोहित पटेल र अविजित यादव रहेका छन्।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै वीरगन्जमा चलाइएको विशेष अप्रेसन अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको प्रहरी भनाइ छ ।
उनीहरुले निर्वाचनमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले अवाञ्छित गतिविधि गर्न खोजेको प्रारम्भिक अनुसन्धानमा पाइएको पर्सा प्रहरी प्रमुख पाठकले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैङ्क, १ थान चार्जर , ५ वटा सेतो रङ्गको तार र सुँगुरको टाउको १ वटा फेला पारेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण