बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

रास्वपा उम्मेदवार साहले उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटको सुनुवाइ निर्वाचनपछि मात्रै

बुधबार, २० फागुन २०८२, ११ : ४३
बुधबार, २० फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहले उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दिएका छन्।
  • सर्वोच्चले रिटको सुनुवाइ फागुन २१ गतेको निर्वाचनपछि मात्रै गर्ने जनाएको छ।
  • साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको थियो।

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले सर्वोच्च अदालतमा रिट दिएका छन् । 

उनले दिएको रिटको सुनुवाइ फागुन २१ को निर्वाचनपछि मात्रै हुने भएको छ । साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिए पनि पेसी भने निर्वाचन पछि फागुन २५ गतेका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि खारेज भएको हो । 

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ ।  निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।  

यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट रामपल्टन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृकाप्रसाद यादव उम्मेदवार रहेका छन् । बिहीबार निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप