मतदान अधिकृतको जिम्मेवारी खोसियो
सारांश
- बागलुङमा निर्वाचनका लागि खटिएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ।
- गलत अभिव्यक्ति दिएपछि गैरेलाई हटाएर भुवन बहादुर कुँवरलाई नयाँ मतदान अधिकृत तोकिएको छ।
- निर्वाचनको स्वच्छतामा नकारात्मक असर पर्ने देखिएपछि गैरेलाई जिम्मेवारीबाट हटाइएको निर्वाचन अधिकृतले जनाए।
बागलुङ । बागलुङमा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो ।
मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए । उनको अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि जिम्मेवारी खोसिएको उनको भनाइ छ ।
निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई पत्र पठाएर जिम्मेवारी खोसेको छ । पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ । गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ ।
गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण