विराटनगरमा घट्यो होलीको रौनक, निर्वाचन र ग्रहणको दोहोरो प्रभाव
विराटनगर । रङहरूको पर्व फागु पूर्णिमा अर्थान् होली आज तराई–मधेसका विभिन्न जिल्लाका साथै विराटनगरमा पनि मनाइँदैछ । विगतका वर्षहरूको तुलनामा यस पटक विराटनगरका सडकहरूमा होलीको उत्साह र रौनक निकै कम देखिएको छ ।
_hpdAnzUndd.jpg)
विगतमा होलीका दिन विराटनगरका चोक–चोकमा देखिने मानिसहरूको हुल र ठुलो आवाजमा बज्ने डिजे यसपटक हराएको छ । सडकहरू तुलनात्मक रूपमा सुनसान देखिएका छन् ।
_psTFmhq6wf.jpg)
होलीको रौनक कम हुनुको मुख्य कारण भोलिका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन हो । निर्वाचनलाई मध्यनजर गर्दै विराटनगर लगायत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
_ZH5nf2DQin.jpg)
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थलमा डिजे बजाउन, होहल्ला गर्न र मदिरा सेवन गरेर सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाएको छ । सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिका कारण विगतमा जस्तो उच्छृङ्खल गतिविधि र ठुला समूहमा हिँड्ने मानिस यसपटक बजारमा देखिँदैनन् ।
_9GK41oXlth.jpg)
होलीमा रौनक कम हुनुको अर्को कारण हिजो लागेको चन्द्रग्रहण पनि हो । ग्रहणका कारण यस वर्ष होली कहिले मनाउने भन्नेमा सर्वसाधारणमा केही अन्योल देखिएको थियो । कतिपयले ग्रहणकै दिन हिजो होली मनाए भने चन्द्रग्रहण बार्नेहरू र धार्मिक विधि मान्नेहरूले आजमात्रै रङ दलेर होली मनाइरहेका छन् ।
_ukRcAo58t9.jpg)
यद्यपि बुधबार बिहानैदेखि केही युवा सेतो टि–सर्टमा रङ दलेर सडकमा निस्किएका छन् । बालबालिकाहरू भने हातमा पिचकारी बोकेर आफ्नै पाराले होलीको मजा लिइरहेका देखिन्छन् । सडक किनारामा रहेका आइसक्रिम र बदाम सेकका पसलहरूमा फाट्टफुट्ट मानिसहरूको उपस्थिति छ, तर बजारका अधिकांश सटरहरू बन्द छन् ।
_2Do3FOIo4e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण