टिकटकर कार्कीसँग प्रहरीको सोधपुछ
बुधबार, २० फागुन २०८२, १६ : ५४
सारांश
- मौन अवधिमा उम्मेदवारको प्रचार गरेको आरोपमा प्रहरीले टिकटकर रतन कार्कीसँग सोधपुछ गरेको छ।
- निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कार्कीमाथि बुधबार सोधपुछ भएको हो।
- प्रहरीले कार्कीलाई सोधपुछपछि छाडेको र सामाजिक सञ्जालबाट प्रचार सामग्री हटाउन लगाएको छ।
चितवन । मौन अवधिमा उम्मेदवारको प्रचार हुने ढंगले उम्मेदवारको सामग्री सामाजिक सञ्जालमा राखेपछि प्रहरीले टिकटकर रतन कार्कीसँग सोधपुछ गरेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कार्कीमाथि प्रहरीले बुधबार सोधपुछ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालले कार्कीलाई सोधपुछका लागि बोलाइएको र आवश्यक सोधपुछपछि छाडिएको बताए । प्रहरीले मौन अवधिमा सार्वजनिक गरिएका उम्मेदवारसम्बन्धी सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाएको छाडेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण