प्रिमियर लिगः म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग रोकियो, वेस्ट ह्यामको कठिन जित
सारांश
- म्यानचेस्टर सिटी र नटिङ्घम फरेस्ट २-२ गोलको बराबरीमा रोकिए।
- वेस्ट ह्याम युनाइटेडले फुलहमलाई १-० गोलले पराजित गर्यो।
- एन्टोन सेमेन्यो, मोर्गन गिब्स-वाइट, रोड्री र इलियट एण्डरसनले गोल गरे।
काठमाडौँ । इङ्लसि प्रिमियर लिग अन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान भएका खेलहरूमा म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको छ भने वेस्ट ह्याम युनाइटेडले फुलहममाथि कठिन जित हात पारेको छ ।
म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा सकिएको हो । सिटीका लागि एन्टोन सेमेन्योले खेलको ३१ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फरेस्टले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५६ औँ मिनेटमा मोर्गन गिब्स–वाइटले गोल गर्दै फरेस्टलाई १–१ को बराबरीमा ल्याए ।
त्यसको केही मिनेटमै अर्थात् ६२ औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पुनः २–१ को अग्रता दिलाए पनि त्यो धेरै समय टिक्न सकेन । खेलको ७६ औँ मिनेटमा इलियट एण्डरसनले गोल गरेपछि दुवै टोली अंक बाँड्न बाध्य भए ।
त्यस्तै आजै भएको अर्को खेलमा खेलमा वेस्ट ह्याम युनाइटेडले फुलहमलाई १–० गोल अन्तरले पराजित गर्यो । फुलहमको घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्यामका लागि क्रिसेन्सियो समरभिल नायक बने । उनले खेलको ६५ औँ मिनेटमा गरेको एक मात्र गोल नै टोलीको जितका लागि निर्णायक साबित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना
-
फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?
-
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण