म्यानचेस्टर युनाइटेडमाथि न्युकासलको जित: अन्तिम समयको गोलले युनाइटेड स्तब्ध
सारांश
- न्युकासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले पराजित गर्यो, खेलको अन्तिम समयमा गोल गर्दै जित हासिल गर्यो।
- पहिलो हाफमा न्युकासल १० खेलाडीमा सीमित भए तापनि एन्थोनी गोर्डनले पेनाल्टीबाट गोल गरे, तर क्यासेमिरोले युनाइटेडका लागि बराबरी गरे।
- विलियम ओसुलाले ९० औं मिनेटमा गोल गरेपछि न्युकासलले घरेलु मैदानमा महत्वपूर्ण जित हासिल गर्यो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा न्युकासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको अन्तिम समयमा गोल गर्दै न्युकासलले युनाइटेडलाई स्तब्ध पारेको हो ।
पहिलो हाफको इन्जुरी समय निकै नाटकीय रह्यो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समायमा ज्याकोब राम्सेले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा सीमित भएको थियो । यद्यपि, १० खेलाडीमा झरेको केही मिनेटमै एन्थोनी गोर्डनले पेनाल्टीमार्फत गोल गर्दै न्युकासललाई १–० को अग्रता दिलाए । तर, न्युकासलको त्यो अग्रता धेरै समय टिक्न सकेन । युनाइटेडका लागि क्यासेमिरोले गोल गर्दै पहिलो हाफमै खेललाई १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीले गोलका लागि निकै प्रयास गरे पनि खेलको ९० औँ मिनेटमा विलियम ओसुलाले गोल गर्दै न्युकासललाई २–१ को रोमाञ्चक जित दिलाए ।
१० खेलाडीमा सीमित भएर पनि न्युकासलले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण