होर्मुज जलडमरूमध्य पश्चिमी जहाजका लागि मात्र बन्द होः इरान
सारांश
- इरानको आईआरजीसीले होर्मुज जलडमरू अमेरिकी, इजरायली, र पश्चिमी देशका जहाजका लागि बन्द गरेको छ ।
- आईआरजीसीले युद्धको अवस्थामा अन्तर्राष्ट्रिय कानुनअनुसार आवागमन नियन्त्रण गर्ने अधिकार रहेको जनाएको छ ।
- अमेरिका र इजरायलविरुद्धको सैन्य कारबाही सुरु भएपछि तेलको मूल्य बढेको छ र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको छ ।
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एकहर्मुजको जलडमरू अमेरिकी, इजरायली, युरोपेली तथा अन्य पश्चिमी सहयोगी देशका जहाजहरूका लागि मात्र बन्द गरिएको जनाएको छ ।
सरकारी प्रसारइस्लामिक रिपब्लिक ऑफ ईरान ब्रॉडकास्टिंग (आईआरआईबी)का अनुसार आईआरजीसीले युद्धको अवस्थामा अन्तर्राष्ट्रिय कानुन र प्रस्तावअनुसार इरानलाई होर्मुज जलडमरूमध्य हुँदै हुने आवागमन नियन्त्रण गर्ने अधिकार रहेको बताएको छ ।
‘यदि अमेरिका, इजरायल, युरोप वा उनीहरूका समर्थक देशका जहाजहरू देखिए भने ती जहाजमाथि निश्चित रूपमा आक्रमण गरिनेछ ।’ आईआरजीसीले चेतावनी दिँदै भन्यो ।
अमेरिका र इजरायलले शनिबारदेखि इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेपछि होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन लगभग ठप्प भएको छ । यसले विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढाएको छ र विश्व अर्थतन्त्रमा अस्थिरता बढ्ने चिन्ता पैदा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण