आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ–३ मा झण्डै ६८ प्रतिशत मतदान

बिहीबार, २१ फागुन २०८२, २० : ०३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा ४३ हजार ७८१ मत खसेको छ।
  • निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ६७.९ प्रतिशत मतदान भएको छ।
  • यस क्षेत्रमा रामेश्वर फुयाल, रमेश अर्याल, राजुनाथ पाण्डे र कुलमान घिसिङलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ४३ हजार ७८१ मत खसेको छ ।

यस क्षेत्रमा कुल मतदाता संख्या ६४ हजार ४७९ रहेकोमा करिब ६७.९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्रअन्तर्गत विभिन्न वडा र नगरपालिकामा खसेको मत संख्या यसप्रकार छः

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ – ३,२५५

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ – २,०३४

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ – १,५३५

गोकर्णेश्वर नगरपालिका वडा नं १ – २,५७४

गोकर्णेश्वर नगरपालिका वडा नं २ – २,२५९

गोकर्णेश्वर नगरपालिका वडा नं ३ – ३,२६०

गोकर्णेश्वर नगरपालिका वडा नं ४ – ३,३६४

गोकर्णेश्वर नगरपालिका वडा नं ५ – ४,१५६

गोकर्णेश्वर नगरपालिका वडा नं ६ – ४,११०

गोकर्णेश्वर नगरपालिका वडा नं ७ – १,४२१

गोकर्णेश्वर नगरपालिका वडा नं ८ – ३,६१५

गोकर्णेश्वर नगरपालिका वडा नं ९ – १,२८५

काठमाडौँ महानगरपालिका वडा नं ६ – १०,९१३

यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रामेश्वर फुयाल, नेपाली कांग्रेसबाट रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजुनाथ पाण्डे तथा उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप