इरानमा सत्ता शून्यता नहुने सङ्केत, नेतृत्व प्रक्रिया संविधानअनुसार अघि बढ्दै
सारांश
- इरानमा नेतृत्व परिवर्तनको प्रक्रिया चलिरहँदा सत्ता शून्यताको अवस्था नआउने संकेत देखिएको छ।
- महत्त्वपूर्ण रणनीतिक निर्णयहरू नेतृत्व परिषद् र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मार्फत भइरहेका छन्।
- नयाँ नेतृत्व चयनको प्रक्रिया इरानको संविधानअनुसार अघि बढिरहेको छ।
तेहरान । इरानमा नेतृत्व परिवर्तनको प्रक्रियाबिच देशमा सत्ता शून्यता सिर्जना नहुने सङ्केत देखिएको छ । इरानका सरकारी संरचनाहरू अहिले पनि नियमित रूपमा सञ्चालन भइरहेका तेहरान विश्वविद्यालयका सह–प्राध्यापक हसन अहमादियनले बताएका छन् । देशका महत्त्वपूर्ण रणनीतिक निर्णयहरू अहिले नेतृत्व परिषद् र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मार्फत भइरहेको अल जजिरासँग कुरा गर्दै उनले बताए ।
अहमादियनका अनुसार यी निकायहरूले पहिला रणनीतिक निर्णयहरू तयार पार्छन् र त्यसपछि ती प्रस्तावहरू नेतृत्व परिषद्मा पठाइन्छ । परिषद्ले आवश्यक परे निर्णयलाई अनुमोदन गर्ने वा संशोधन गर्ने प्रक्रिया अपनाउँछ । उनले यो प्रक्रिया इरानको सामान्य राजनीतिक निर्णय प्रणालीअनुसार नै चलिरहेको स्पष्ट पारे । इरानको संविधानअनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढिरहेको उनले भने ।
उनका अनुसार गार्डियन काउन्सिल भित्र यस विषयमा छलफल भइरहेको खबरहरू आएका छन् । ‘मैले इरानमा सत्ता शून्य हुने कुनै अवस्था देखेको छैन,’ अहमादियनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण