सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा ५८ प्रतिशत मतदान

बिहीबार, २१ फागुन २०८२, २१ : १७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • कञ्चनपुरमा ५८.६४ प्रतिशत मत खसेको छ ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन वटा निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ मत खसेको छ ।
  • मतपेटिका सङ्कलन गरी आजै मतगणना सुरु गर्ने तयारी छ।

महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५८.६४ प्रतिशत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा एक लाख ८४ हजार ३१६ मत खसेको उहाँले जानकारी दिए । ‘मतपेटिका सङ्कलन सकिएपछि आजै गणना सुरु गर्ने तयारी छ,’ उनले भने, ‘एक सय ३२ मतदानस्थलबाट मतपेटिका सङ्कलन हुँदैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप