महोत्तरीमा ५९.८६ प्रतिशत मतदान, रातिदेखि नै मतगणना हुन सक्ने
सारांश
- महोत्तरी जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९.८६ प्रतिशत मत खसेको छ।
- निर्वाचनमा २ लाख ५८ हजार १५७ मतदाता सहभागी भए जसमा महिला, पुरुष र अन्यको संख्या रहेको छ।
- बर्दिवासको एक मतदान केन्द्रमा भएको विवादबाहेक जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा कुल मतदाता चार लाख ३१ हजार २८२ मध्ये दुई लाख ५८ हजार १५७ जनाले मतदान गरेका छन् । यो कुल मतको ५९.८६ प्रतिशत हो ।
निर्वाचनमा एक लाख ३५ हजार ८५० महिला, एक लाख २२ हजार ३०५ पुरुष तथा २ अन्य गरी कुल दुई लाख ५८ हजार १५७ मतदाता सहभागी भएका हुन् । बर्दिवासको एक मतदान केन्द्रमा भएको विवादका कारण केही घण्टा मतदान अवरुद्ध भए पनि त्यसबाहेक जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा महोत्तरी क्षेत्र नम्बर १ मा ५९ मतदान स्थलमा रहेका १३० मतदान केन्द्रमार्फत एक लाख ५ हजार ६४६ मतदाता रहेकामा ६६ हजार २६६ मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ६२ मतदान स्थलका १३३ मतदान केन्द्रमा रहेका एक लाख ७ हजार ५९४ मतदातामध्ये ६४ हजार ८४५ जनाले मतदान गरेका छन् ।
यता क्षेत्र नम्बर ३ मा ७७ मतदान स्थलका १४२ मतदान केन्द्रमा रहेका एक लाख १० हजार ४३६ मतदातामध्ये ६१ हजार ७३७ ले मतदान गरेका छन् । त्यसैगरी क्षेत्र नम्बर ४ मा ६० मतदान स्थलका १३१ मतदान केन्द्रमा रहेका एक लाख ७ हजार ६०६ मतदातामध्ये ६५ हजार ३०९ मत खसेको छ ।
लैंगिक आधारमा क्षेत्र नम्बर १ मा ३४ हजार ५१५ महिला, ३१ हजार ७५० पुरुष तथा १ अन्यले मतदान गरेका छन् ।
क्षेत्र नम्बर २ मा ३४ हजार ५७८ महिला र ३० हजार २६७ पुरुषले मतदान गरेका छन् । क्षेत्र नम्बर ३ मा ३३ हजार ३७ महिला, २८ हजार ६९९ पुरुष तथा १ अन्यले मतदान गरेका छन् भने क्षेत्र नम्बर ४ मा ३३ हजार ७२० महिला र ३१ हजार ५८९ पुरुष मतदाताले मतदान गरेका छन् ।
यसैबिच मतदान सम्पन्न भएसँगै मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयहरूमा बुझ्ने कार्य भइरहेको महोत्तरीका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आजै राति सर्वदलीय बैठक बोलाइएको छ र सहमति भएमा आज रातिदेखि नै मतगणना सुरु हुन सक्नेछ ।
मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण