भोजपुरमा करिब ४४ प्रतिशत मतदान
भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पहाडी जिल्ला भोजपुरमा मतदान सकिएको छ । शान्तिपूर्णरुपमा मतदान सकिएपछि मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भई रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए।
भोजपुरमा कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ जना रहेकोमा करिव ४४ प्रतिशत मतदान भएको छ । मतपेटिका जम्मा भइसकेपछि सर्वदलिय बैठकपछि मतगणना सुरु गरिने भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालले जानकारी दिए । उनले शुक्रबार बिहानसम्ममा सबै मतपेटिका सङ्कलन भइसक्ने र सोपश्चात वैठक राखेर मतगणना सुरु गरिने जानकारी दिए।
जिल्लाको ८७ वटा मतदान केन्द्रको दुई अस्थायीसहित १६१ वटै मतदान केन्द्रमा निर्वाचन भएको थियो । अहिले गणनास्थल भोजपुर नगरपालिकामा मतपेटिकाहरु ल्याउन सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण