मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०२ : १३
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाममा रास्वपाका गणेश पराजुलीले अग्रता लिएका छन्।
  • पराजुलीले ७२१ मत प्राप्त गर्दा कांग्रेसका प्रमोदहरि गुरागाईँले १६६ मत ल्याए।
  • एमालेका प्रकाश श्रेष्ठ १३४ मतसहित तेस्रो स्थानमा छन्।

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका हुन् ।

सार्वजनिक विवरण अनुसार, पराजुलीले ७२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईँले १६६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा ९एमाले० का उम्मेदवार प्रकाश श्रेष्ठले १३४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप