म्याग्दीमा ५४ र बागलुङमा ५० प्रतिशत मत खस्यो
सारांश
- गण्डकी प्रदेशका म्याग्दी र बागलुङ जिल्लामा बिहीबार शान्तिपूर्ण मतदान सम्पन्न भयो।
- म्याग्दीमा ५४.२७ प्रतिशत र बागलुङमा ५०.१९ प्रतिशत मत खसेको छ ।
- दुवै जिल्लाका मतपेटिकाहरू मतगणना स्थलमा जम्मा गरी शुक्रबार बिहानदेखि मतगणना सुरु गरिनेछ।
म्याग्दी । बिहीबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशका म्याग्दी र बागलुङ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । म्याग्दीमा ५४.२७ प्रतिशत र छिमेकी जिल्ला बागलुङमा ५०.१९ प्रतिशत मत खसेको छ । दुवै जिल्लामा मतदान सम्पन्न भएसँगै मतपेटिकाहरू मतगणनास्थलमा संकलन गरी गणनाको तयारी थालिएको छ ।
म्याग्दीमा ४६ हजार मत खस्यो
जिल्ला निर्वाचन अधिकृत विमल गौतमका अनुसार, म्याग्दीमा कुल ८६ हजार ३९७ मतदातामध्ये ४६ हजार ८९३ जनाले मतदान गरेका छन्, जुन कुल मतदाता सङ्ख्याको ५४.२७ प्रतिशत हो । मतदानमा २५ हजार ११८ महिला, २१ हजार ७७४ पुरुष र एक अन्य मतदाता सहभागी भए ।
जिल्लाभरका ८२ मतदानस्थलबाट मतपेटिकाहरू जिल्ला समन्वय समितिको सभाहलमा ल्याइपुर्याइएको छ । सर्वदलीय बैठकपछि शुक्रबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको गौतमले जानकारी दिए । उनका अनुसार, पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि मात्र समानुपातिकतर्फको गणना गरिनेछ ।
बागलुङमा ९७ हजारले गरे मतदान
यसैगरी, बागलुङ जिल्लामा ५०.१९ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीका अनुसार, जिल्लाका कुल १ लाख ९३ हजार ३८१ मतदातामध्ये ९७ हजार ५० जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान गर्नेमा ५२ हजार ८८१ पुरुष र ४४ हजार १६८ महिला रहेका छन् ।
जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको शर्माले बताइन् । क्षेत्र नम्बर १ को बागलुङ बजार र क्षेत्र नम्बर २ को कुत्थाप्लामा मतगणना हुनेछ । बागलुङमा दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण