यो जित देश र परिवर्तन पक्षको जित : रञ्जु दर्शना
शुक्रबार, २२ फागुन २०८२, ११ : १४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर १ बाट जित हासिल गरिन्।
- रञ्जुले १५ हजार ४५५ मत ल्याएर जित हासिल गर्दै रास्वपालाई पहिलो जित दिलाइन्।
- उनले यो जितलाई देश र परिवर्तनको पक्षमा भएको जितको रूपमा व्याख्या गरिन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयको सुरुवात गरेको छ। रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मतका साथ विजयी भएकी हुन्। यो जितसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो पहिलो खाता खोल्न सफल भएको छ।
विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन्। उनले 'घण्टी' चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन्। उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण