इरानी ड्रोनवाहक जहाजमाथि आक्रमण गरेको अमेरिकी दाबी
शुक्रबार, २२ फागुन २०८२, १३ : २६
सारांश
- अमेरिकी सेनाले इरानको एउटा ड्रोनवाहक जहाजलाई निशाना बनाएको दाबी गरेको छ।
- मध्यपूर्व क्षेत्र हेर्ने अमेरिकी सेनाको कमान्डले सामाजिक सञ्जालमा जानकारी दिएको छ।
- आक्रमण कहाँ भयो भन्ने विवरण र क्षतिको अवस्थाबारे केही जानकारी दिइएको छैन।
वासिङ्टन डिसी । अमेरिकी सेनाले इरानको एउटा ड्रोनवाहक जहाजलाई निशाना बनाएको दाबी गरेको छ । सेनाको मध्यपूर्व क्षेत्र हेर्ने केन्द्रीय कमान्ड (सेन्टकम)ले बिहीबार मार्च ५ सामाजिक सञ्जाल एक्स (एक्स)मा एउटा पोस्टमा यो जानकारी दिएको हो ।
सेन्टकमले पोस्टमा भनेको छ, ‘इरानी नौसेनालाई पूर्ण रूपमा डुबाउने मिसनमा अमेरिकी सेना पछि हटिरहेको छैन । आज दोस्रो विश्वयुद्धकालीन विमानवाहक जहाज जत्तिकै आकारको एक इरानी ड्रोन बाहकमाथि प्रहार गरिएको छ र अहिले त्यसमा आगो लागेको छ ।’
यद्यपि उक्त आक्रमण कहाँ भएको हो भन्नेबारे अमेरिकी पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन । जहाजको क्षतिको अवस्था वा सम्भावित मानवीय क्षतिबारे पनि थप जानकारी दिइएको छैन । न त यस घटनाबारे इरानले नै कुनै औपचारिक प्रतिक्रिया दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण