कैलाली–३ मा नेकपाको अग्रता
सारांश
- कैलाली क्षेत्र नं ३ मा नेकपाका उम्मेदवार वीरभान चौधरीले अग्रता लिएका छन्।
- भजनी नगरपालिका-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीले २७५ मत प्राप्त गरेका छन्।
- कैलाली-३ मा ५५ प्रतिशत मत खसेको थियो, जसमा ६० हजार २९४ मत खसेको थियो।
कैलाली । कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार भजनी नगरपालिका–१ को एक हजार ५७२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगतप्रसाद जोशीले २७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले २५२, नेपाली कांग्रेसका भीम बडुवालले २१५ तथा एमालेका गौरीशङ्कर चौधरीले १०३ मत प्राप्त गर्नुभएको छ । यहाँ ८३ मत बदर भएको छ । कैलाली–३ मा ५५ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।
सो क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाको ४५ मतदानस्थल रहेका छन् । एक सय ४७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । सो क्षेत्रमा ११ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण