काठमाडौँ-१ मा नेकपाको ५०१ जनाको परिचालन कमिटी, उम्मेदवारलाई ३४५ मत
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले काठमाडौँ १ मा १५ हजार ४५५ मतका साथ जित हासिल गरिन्।
- नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे।
- नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरे, भने नेकपाकी मेनुका भण्डारीले ३४५ मत पाइन्।
काठमाडौँ । काठमाडौँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले जित निकालेकी छन् । उनले १५ हजार ४५५ मतका साथ जित निकाल्दा अन्य उम्मेदवारहरू प्रतिस्पर्धा पनि आउन सकेनन् । उनले निकटतम उम्मेदवारलाई ९ हजार ९१ को मतान्तरले पराजित गरेकी हुन् ।
उपत्यकाभित्रको सबभन्दा सुरक्षित भनिएको क्षेत्रमा समेत नेपाली कांग्रेस दोस्रो भएको छ । कांग्रेसले अघिल्ला दुई निर्वाचनको परिणामलाई पनि जोगाउन सकेको देखिएन । कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएर दोस्रो भए । अघिल्लोपटक प्रकाशमान सिंहले ७ हजार १४३ मतका साथ जितेका थिए ।
यसैगरी, नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत ल्याए । २०७९ मा त्यहीँबाट उम्मेदवार भएका किरण पौडेलले ३५३२ मत पाएर तेस्रो भएका थिए ।
त्यस्तै, नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३४५ मत ल्याएकी छन् । जबकि उनको निर्वाचन परिचालक कमिटी नै ५०१ सदस्यीय थियो । उनको पार्टीले अमरध्वज लामाको संयोजकत्वमा गठन गरेको परिचालन कमिटीकै पनि सबै भोट उनले पाइनन् । यो क्षेत्रमा नेकपाले भन्दा धेरै श्रम संस्कृति पार्टीका समीर लामाले ४२६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण