सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटमा कांग्रेसका  बुढाले लिए अग्रता, शक्ति बस्नेत पछाडि

शुक्रबार, २२ फागुन २०८२, १५ : १७
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • जाजरकोटमा मतगणना सुरु हुँदा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले अग्रता लिएका छन्।
  • शिवालय गाउँपालिकाबाट मतगणना सुरु भएको थियो, जसमा बुढाले १०९२ मत ल्याए।
  • नेकपा एमालेका डम्बरबहादुर सिंहले ३१३ र नेकपा माओवादीका शक्तिबहादुर बस्नेतले १९६ मत प्राप्त गरे।

जाजरकोट । जाजरकोटमा पनि मतगणनाको सुरुवाती नजिता आउन थालेको छ । पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट मतगणना सुरु गर्दा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले अग्रता लिएका छन् ।

उनी पश्चिम क्षेत्रका उम्मेदवार हुन् । बुढाले १०९२ प्राप्त गरी अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले ३१३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १९६ मत प्राप्त गरी तेस्रो स्थान पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप