झापा-३ मा राजेन्द्र लिङदेनभन्दा रास्वपाका प्रकाश पाठक दोब्बर मतले अगाडि
विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले निकै फराकिलो अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पाठकले ६ हजार ८८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले ३ हजार ११४ मतका साथ पछ्याइरहेका छन् भने श्रम संस्कृति पार्टीका दीपक निम्सिना १ हजार ८३२ मतसहित तेस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले १ हजार २८६ मत र नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले १ हजार २१२ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरेले १८० मत, जनमत पार्टीका झममान राजवंशीले ५६ मत र मंगोल नेसनल अर्गनाइजेसनका डामकुमार श्रेष्ठले ३३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण