कोशीका २८ निर्वाचन क्षेत्रमध्ये १६ वटामा घण्टी अगाडि, ४ वटामा माटो
सारांश
- प्रतिनिधिसभा निर्वाचनको मतगणनामा रास्वपा र श्रम संस्कृति पार्टीले अग्रता लिएका छन्।
- झापा, मोरङ र सुनसरीका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अगाडि छन्।
- एमालेका उम्मेदवारहरू ताप्लेजुङ, तेह्रथुम, ओखलढुङ्गा र धनकुटामा अगाडि छन्।
विराटनगर । फागुन २१ गते (बिहीबार) सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रायः निर्वाचन क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र श्रम संस्कृति पार्टीले पुराना पार्टीलाई हायलकायल बनाएको देखिएको छ ।
हालसम्म झापाको ५ वटै निर्वाचन क्षेत्रमा भारी मतका साथ रास्वपाका उम्मेदवारहरु अगाडि छन् । त्यस्तै, मोरङका ६ र सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् । यस्तै, उदयपुर १ मा रास्वपा अगाडि देखिएको छ । त्यसबाहेक इलामको २, भोजपुर, उदयपुर २ र पाँचथरमा श्रम संस्कृति पार्टी अगाडि छ ।
त्यस्तै, ताप्लेजुङमा नेकपा र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेका सचिव समेत रहेका भानुभक्त ढकालले तेह्रथुममा अग्रता कायमै राखेका छन् । त्यस्तै ओखलढुङ्गा र धनकुटामा पनि एमालेको अग्रता रहेको छ ।
त्यस्तै सोलुखुम्बु र सङ्खुवासभामा हालसम्म मतगणना सुरु भएकै छैन । इलाम १ र खोटाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण