मकवानपुर–१ मा रास्वपालाई ५ गुणा बढी मतको अग्रता
सारांश
- मकवानपुर क्षेत्र नम्बर-१ मा रास्वपाका प्रकाश गौतमले अग्रता लिएका छन्, उनले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
- कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना दोस्रो स्थानमा छिन्, उनले २ हजार २१३ मत प्राप्त गरेकी छिन्।
- हेटौँडा उपमहानगरपालिकाका वडामा रास्वपाले अग्रता कायम राखेको छ, एमाले र कांग्रेस पछि परेका छन्।
हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमलाई ५ गुणा बढी मतको अग्रता मिलेको छ । हालसम्म गणना गरिएको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर–२, ४, ५, ६ सहितको मतमध्ये गौतमले १० हजार मत कटाएका छन् ।
गौतमले १० हजार ७९१ मत ल्याउँदा उनलाई कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पछ्याइरहेकी छिन् । डिनाले २ हजार २१३ मत पाएकी छिन् । रास्वपाका गौतमले सुरुवात देखिनै लिएको अग्रता निरन्तर बढ्दै गएको छ ।
डिनाको गृह वडामा नै रास्वपाले १ हजार ८०० बढी मत लिएर अग्रता बनाएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रास्वपाका गौतमले १ हजार ८०० मत ल्याउँदा डिना ६०० मा सीमित भएकी थिइन् । एमाले र कांग्रेसको गढको रूपमा परिचित हेटौँडा बजार क्षेत्रमा नै दुवै दल पछि परेका छन् ।
मकवानपुर–१ मा उम्मेदवार रहेका एमालेका रामेश्वर रानाले हालसम्मको मतगणनामा १ हजार ९२७ मत पाएका छन् भने नेकपाका उम्मेदवार विजय गौतमले ६६० मत पाएका छन् ।
२०७९ को निर्वाचनमा सोही क्षेत्रमा जितेका राप्रपाका दीपकबहादुर सिंह पनि पछि परेका छन् । उनी चौथो स्थानमा सीमित रहेका छन् । उनलेल हालसम्मको गणनामा १ हजार ५१० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण