एमालेले कहिल्यै नहारेको कास्की– २ मा रास्वपाको जित सुनिश्चित
सारांश
- कास्की २ मा एमालेले आफ्नो विरासत गुमायो, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले फराकिलो जित हासिल गरे।
- रश्मि आचार्य, जो विद्यार्थी नेता थिए, उत्तमप्रसाद पौडेलसँग पराजित भए, पौडेलले ठूलो मतान्तरले अग्रता लिए।
- नेपाली कांग्रेस तेस्रो स्थानमा रह्यो, रास्वपाको उदय र एमालेको कमजोर प्रदर्शनले कास्कीमा अप्रत्याशित नतिजा ल्यायो।
पोखरा । एक समय थियो, देशैभरि हारे पनि कास्की २ मा एमालेलाई कसैले हराउन नसक्ने । २०६४ को भरभराउँदो माओवादीलाई समेत हराएको एमालेले कास्की २ मा यसपालि आफ्नो विरासत जोगाउन सकेन ।
पिएन क्याम्पसका स्ववियु सभापति भएर विद्यार्थी राजनीति हाँकेका रश्मि आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेलसँग फराकिलो अन्तरले पराजित हुने निश्चित भएको छ ।
११ हजार मात्रै मत गणना बाँकी हुँदा पौडेलले करिब १९ हजार मतको अन्तर पारिसकेका छन् । अब गणना हुने मतबाट पौडेल बाहेक अरूले चुनाव जित्ने सम्भावना अन्त्य भएको छ । हालसम्म उत्तमले २५ हजरा १ सय ३७ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी रश्मिको ६ हजार ३ सय २० मत मात्रै छ ।
तेस्रो बनेको नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोला मधुले ४ हजार ६ सय ६९ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङले १ हजार २ सय ५८ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा (किरण) ले १ हजार १ सय ७ मत पाए ।
रास्वपाको उदाउँदो राजनीति र एमालेको बिग्रँदो संगठनका बिच जित निकाल्ने लख काटेको काँग्रेसले आफ्नै मत पनि जोगाउन सकेन । कास्कीमा कसैले अनुमान नै नगरेको नतिजा आइरहेको छ । क्षेत्र नम्बर १ र ३ मा पनि रास्वपा उम्मेदवारको फराकिलो अग्रता छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण